११ चैत्र २०८२, बुधबार | March 25, 2026

त्रिबीले भन्यो- मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसिमा



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ ।

विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समयसिमा तोकिएको हो ।

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । उसका अनुसार यसरी मर्ज हुदाँ कुनै शुल्क लाग्ने छैन, मर्जको प्रक्रिया निःशुल्क हुनेछ ।

जारी सुचना अनुसार यसरी मर्ज हुन चाहेका क्याम्पसहरुले योजना निर्देशनालयमा बेग्लाबेग्लै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णयका साथ निवेदशन पेस गर्नु पर्नेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ८ : १२ बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत