१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

आदिपुरुषको आक्रामक बुकिङ, प्रदर्शन अघिसम्म ४ लाख टिकट बिक्री हुने प्रक्षेपण



काठमाडौं । चलचित्र आदिपुरुष रिलिज हुनुअघि नै चर्चामा रहेको छ । आउने साता ६५०० स्क्रिनमा रिलिज हुन लागेको यो मेगा फिल्मको फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए ।

यस्तो अवस्थामा फिल्मको अग्रिम बुकिङ सुरु भएको छ । यो चलचित्रलाई लिएर फ्यानहरुको उत्साह अग्रिम बुकिङबाट मात्रै थाहा पाउन सकिन्छ ।

बुकिङ खुल्ला भएको मात्र २ दिनमा यस फिल्मको ४५ हजार टिकट बिक्री भएको छ । यो देखेर यो फिल्मले दर्शकको धेरै माया पाउने देखिन्छ ।

आइतबारदेखि आदिपुरुषको अग्रिम बुकिङ सुरु भएको हो । त्यसपछि फ्यानले पनि टिकट किन्न ढिला गरेनन् । बक्स अफिस रिपोर्टका अनुसार यो मेगा फिल्मको पिबिआरवाट २१ हजार ५०० टिकट बिक्री भइसकेको छ भने आइनक्समा यो चलचित्रको १४ हजार ५०० टिकट बिक्री भइसकेको छ भने सिनेपोलिसमा ९ हजार टिकट बिक्री भइसकेको छ ।

यसरी यो फिल्मका लागि सोमबारसम्म जम्मा ४५ हजार टिकट बिक्री भइसकेको छ । जसलाई उत्कृष्ट सुरुवात मानिएको छ । यसैबीच, बिहीबारको अन्त्यसम्ममा ३ लाख ५० हजार देखि ४ लाख टिकट बिक्री हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : १८ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको