५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘आदिपुरुष’मा राम बन्न इच्छुक थिएनन् प्रभास



मुम्बई । निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा आएको छ । पहिलोपटक जब फिल्मको ट्रेलर रिलिज भयो, तब यो फिल्म सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । त्यसपछि ट्रेलरमा केही परिवर्तन गरिए ।

त्यसो त ट्रेलर पनि दर्शकले खासै मनपराएका थिएनन्, तर पनि दर्शकमा फिल्मले आफ्नो चाहना पुरा गर्नेमा आशावादी थिए । जून १६ मा जब फिल्म रिलिज भयो, तब दर्शकहरुको निशानमा फिल्म पर्यो । पौराणिक कथामा आधारित फिल्ममा जुन प्रकारले संवाद र भीएफएक्सको प्रयोग भयो, त्यो कुरा दर्शकका लागि अपाच्य भयो ।यसको परिणाम स्वरुप फिल्मविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म रिस पोखिए ।

फिल्म ‘बाहुबली’मा सबैलाई आफ्नो शरीर र अभिनयले मोहित पारेका प्रभास पनि ‘राम’को रुपमा दर्शकको मनमा बस्न सकेनन् । निर्देशक राउतका अनुसार फिल्ममा प्रभास पनि रामको भूमिकामा अभिनय गर्न इच्छुक थिएनन् । तर निर्देशक राउतले उनलाई मनाएरै छोडे ।

‘साँचो कुरा भन्नु पर्दा प्रभासलाई मनाउनु सजिलो थिएन, किनकी महामारीको समयमा मेरो ऊसँग फोनमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रभासले मलाई यस्तो के छ कि म यो भूमिका निभाओस् भन्ने तपाईं चाहनुहुन्छ भनेर सोधे । त्यसपछि मैले ‘के तिमी ठीक त छौ ? मेरो अर्थ हो कि म चाहन्छु तपाई प्रभु श्रीरामको भूमिका निभाउनुहोस् । म चाहन्छु कि तपाईं राघवको भूमिका निभाउनुहोस् ।

उनले भने पक्का ? मैले हो भनें । तर फेरी ऊ सोच्न थाल्यो कि यो कसरी हुन्छ ? यति ठूलो स्टारलाई जुममा कल गरेर फिल्मको कथा सुनाउनु असम्भव थियो ।

त्यसै दिन मैले एक पाइलट व्यवस्था गरें र मुम्बईबाट हैदराबाद आएँ’, ओमले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘म हैदराबाद गएँ र जब मैले उनलाई फिल्म सुनाएँ, तब उसले सहमति जनायो । ऊ निकै उत्साहित थियो । ऊ जहिल्यै एक यस्तो व्यक्ति हो, जसले मेरो समर्थन गर्यो र ममाथि विश्वास गर्यो’, उनले भनेका छन् ।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : २८ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न