३ मंसिर २०८२, बुधबार | November 19, 2025

भाइले गरे खुकुरी हानेर दाइको हत्या



काठमाडौं। काठमाडौंमा भाइले खुकुरी हानेर दाइको हत्या गरेका छन् । राजधानीको ओमबहालस्थित माथेमा चोकमा भाइले गरेको खुकुरी प्रहारबाट दाईको मृत्यु भएको छ ।

घरायसी विवादमा २५ वर्षीय भाइ सुरज शाक्यले गएराति खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाइ सूर्य शाक्यको मृत्यु भएको जनसेवा प्रहरीले जनाएको छ । गएराति घरमै दाजु–भाइबीचको झगडाका क्रममा राति १२ बजे सुरजले सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेको प्रहरीले जानकारी दिएको छ । फरार सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलबाट आज बिहान १० बजे प्रहरीले पक्राउ गरेको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

आज बिहान ८ः२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेको सूचना प्रहरीलाई दिएपछि प्रहरीले अनुसन्धान थालेको डीएसपी रिजालले बताए । प्रहरीलाई घरका अन्य सदस्यहरुले आफुहरु सुतेकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा नपाएको बयान दिउको पनि उनले बताए ।

पक्राउ परेका सुरजमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ३९ बजे

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत