४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता



नयाँदिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको राजधानी मुम्बईमा समुन्द्रमा डुबेर दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।

करिब १२ देखि वर्षका केटा शहरको जुहु समुद्र तटमा लाइफगार्डको कललाई बेवास्ता गर्दै पुगेको बताइएको छ । केटा किनारबाट करिब आधा किलोमिटर पुगेको एक स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

उद्धारकर्ताले दुई केटाहरू फेला पारो र कुपर अस्पताल पुर्याइएको तर डाक्टरले उनीहरूलाई मृत घोषित गरेक थिए । त्यसैगरी अन्य दुईजना बेपत्ता भएका डुबेको हुनसक्ने अनुमान गरिएको छ ।

घटना लगत्तै स्थानीय मछुवा र दमकलका उद्धारकर्ताले बालकको खोजीकार्य शुरु गरेका थिए । चक्रवात विपरजोय अरब सागरमा तीव्र बन्दै गएपछि मुम्बईको तटीय क्षेत्रमा आँधी चलिरहेको बेला उक्त घटना भएको हो ।

स्थानीय अधिकारीले पहिले नै सर्वसाधारण र माछा मार्नेलाई समुद्रमा जान नदिन चेतावनी दिएका थिए ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ४ : ३५ बजे

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली