३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’



बेलबारी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए ।

बेलबारी-११ लक्ष्मीमार्गका चक्रप्रसाद न्यौपानेका गोठका पाँचवटै गाईबाच्छा लम्पीस्किन रोगबाट सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एउटा बाच्छो मरिसकेको न्यौपानेले बताए । उनका जस्तै गाउँका धेरै गाईभैँसी सङ्क्रमित भएका छन् ।

पशु विकास अधिकृत बाबुराम बस्नेतका अनुसार बेलबारीमा मात्रै दुई सयभन्दा धेरै गाईगोरुमा लम्पीस्किन रोगको सङ्क्रमण देखिएको छ र केही भैँसीमा पनि लक्षण देखिएको बताए ।

पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिनु, गिर्खा आउनु, घाउजस्तो भएर पिप बग्नु, उच्च ज्वरो आउनु लम्पीस्किन रोगका लक्षण भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशुसेवा अधिकृत डा अजय शाहको भनाइ छ ।

मोरङको १७ वटै पालिकामा सङ्क्रमण फैलिएको र जसमध्ये लेटाङका धेरै पशुमा रोगको सङ्क्रमण देखिएको उनले बताए । रोगी पशुको उपचार खोप मात्रै भएको भन्दै उनले हाल धेरै पालिकामार्फत खोप उपलब्ध गराउन थालिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ५ : ०४ बजे

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम