१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पत्रकार महासंघ बाँकेबाट १५८ जना सुद्धिकरणको कैंचीमा



नेपालगन्ज । पत्रकार महासंघ बाँकेले सुद्धिकरणको सिफारिस टुंगो लगाएको छ । महासंघको बाँके शाखाको आज बसेको बैठकले जिल्लामा रहेका ३ सय ३५ सदस्य मध्यबाट १ सय ५८ जनाको सदस्यता नविकरण नगर्न सिफारिस गरेको छ ।

बैठकले नयाँ सदस्यताका लागि आवेशदन दिएका ९९ सय जनाबाट मापदण्ड पुगेका २७ जनाको मात्र नयाँ सदस्यताका लागि सिफारिस गरिएको महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले बताए । ५ जना सदस्यको स्थानान्तरणको सिफरिस भएको पनि उनले जानकारी दिए ।

मापदण्डको पालना गर्दै महासंघका पूर्व अध्यक्ष ठाकुरसिंह थारु, पूर्व सचिव जयनारायण शाह, वर्तमान कार्यसमिति सदस्य शंकर अशान्त सहित १ सय ५८ जनाको नविकरण नगर्न सिफारिस भएको बताइएको छ । थारु नागरिक उन्मुक्ति पार्टीबाट बर्दियाबाट प्रतिनिधिसभा उम्मेदवार तथा केन्द्रीय सदस्य रहेका छन् भने शाहलाई पत्रकारिताबाट निश्क्रिय रहेको बैठकले ठहर गरेको छ । उता बाहालवाला कार्यसमित सदस्य अशान्तले अन्य पेशा अपनाएको कारण देखाइएको छ ।

केन्द्रले निर्धारण गरेको मापदण्डलाई पूर्णरुपमा पालना गरिएको र बैठकले सर्वसम्मत निर्णय गरेको अध्यक्ष भण्डारीले बताए । महासंघले असार ७ गते भित्र सुद्धिकरणमा नविकरण हुने मापदण्डमा परेका सदस्यहरुलाई नविकरण गरिसक्न पनि सूचना गरेको छ । २ आर्थिक वर्षको सदस्यता शुल्क बुझाएर नविकरण गर्न सकिने निर्णय भएको भण्डारीले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : ०७ बजे

१७ वर्षिय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षिक बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले