१७ श्रावण २०८३, आइतबार | August 3, 2026

पत्रकार महासंघ बाँकेबाट १५८ जना सुद्धिकरणको कैंचीमा



नेपालगन्ज । पत्रकार महासंघ बाँकेले सुद्धिकरणको सिफारिस टुंगो लगाएको छ । महासंघको बाँके शाखाको आज बसेको बैठकले जिल्लामा रहेका ३ सय ३५ सदस्य मध्यबाट १ सय ५८ जनाको सदस्यता नविकरण नगर्न सिफारिस गरेको छ ।

बैठकले नयाँ सदस्यताका लागि आवेशदन दिएका ९९ सय जनाबाट मापदण्ड पुगेका २७ जनाको मात्र नयाँ सदस्यताका लागि सिफारिस गरिएको महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले बताए । ५ जना सदस्यको स्थानान्तरणको सिफरिस भएको पनि उनले जानकारी दिए ।

मापदण्डको पालना गर्दै महासंघका पूर्व अध्यक्ष ठाकुरसिंह थारु, पूर्व सचिव जयनारायण शाह, वर्तमान कार्यसमिति सदस्य शंकर अशान्त सहित १ सय ५८ जनाको नविकरण नगर्न सिफारिस भएको बताइएको छ । थारु नागरिक उन्मुक्ति पार्टीबाट बर्दियाबाट प्रतिनिधिसभा उम्मेदवार तथा केन्द्रीय सदस्य रहेका छन् भने शाहलाई पत्रकारिताबाट निश्क्रिय रहेको बैठकले ठहर गरेको छ । उता बाहालवाला कार्यसमित सदस्य अशान्तले अन्य पेशा अपनाएको कारण देखाइएको छ ।

केन्द्रले निर्धारण गरेको मापदण्डलाई पूर्णरुपमा पालना गरिएको र बैठकले सर्वसम्मत निर्णय गरेको अध्यक्ष भण्डारीले बताए । महासंघले असार ७ गते भित्र सुद्धिकरणमा नविकरण हुने मापदण्डमा परेका सदस्यहरुलाई नविकरण गरिसक्न पनि सूचना गरेको छ । २ आर्थिक वर्षको सदस्यता शुल्क बुझाएर नविकरण गर्न सकिने निर्णय भएको भण्डारीले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : ०७ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले