९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

आज विश्व रक्तदाता दिवस मनाइँदै



काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् ।

यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।

यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमितरूपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारेसमेत चर्चा गरेको छ । यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

यस दिवसका अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । एशोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एशोसिएसनका महासचिव केशव महर्जनले जानकारी दिए । “साइकल र्याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायतका कार्यक्रम अयोजना गरेका छौँ”, उनले भने, “अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तादातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो ।”

यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८ औँ विश्व स्वास्थ्यसभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रूपमा नामकरण गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ७ : ३० बजे

कोलकोता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग छलफल

काठमाडौं । कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त

जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको

युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

काठमाडौं । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको