२३ चैत्र २०८२, सोमबार | April 6, 2026

‘रंग दे वसन्ती’का निर्देशकले ‘महाभारत’ सबन्धी फिल्म बनाउँदै



मुम्बई । फिल्म ‘विक्रम’का रोलेक्स भाई अर्थात तमिल स्टार सूर्या भारतीय फिलमका लागि आउँदो दिनमा एक ठूलो प्रोजेक्ट लिएर आउँदैछन् । पछिल्लो पटक उनको फिल्म ‘कंगुवा’को फस्ट लुक सार्वजनिक हुँदा फ्यान उत्साहित भएका थिए । यो फिल्म १० भाषामा बनिरहेको छ ।

सूर्या चाँडै नै ‘रंग दे वसन्ती’ र ‘दिल्ली ६’ जस्ता फिल्मका निर्देशक राकेश ओमप्रकाश मेहराको नयाँ प्रोजेक्टमा प्रमुख भूमिकामा देखिँदैछन् । मेहरा पछिल्ला दिनमा भारतको सबैभन्दा ठूलो महाकाव्यमध्येको एक ‘महाभारत’मा आधारित रहेर एक फिल्मको काम गरिरहेका छन् । यो फिल्मको कथा सूर्यपुत्रका रुपमा परिचित चरित्र कर्णमा आधारित हुनेछ । फिल्म दुई भागमा बन्नेछ ।

फिल्म सन् २०२४ सम्म फ्लोरमा जानेछ । फिल्ममा सूर्याले कर्णको भूमिका निभाउनेछन् । फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । निर्देशक अहिले प्री–प्रोडक्सनको काम गरिरहेका छन् ।

राकेश करिब अढाई घण्टाको फिल्म बनाउन चाहन्छन् । फिल्मको कथा अनुसार पात्र र समय बढी लाग्ने भएपछि उनले दुई भागमा फिल्म बनाउने निर्णय लिएका हुन् । गत वर्ष फिल्मका लागि राकेशले अभिनेता शाहिद कपूरलाई फाइनल गरेका थिए । जब फिल्म दुई भागमा निर्माण हुने भनियो, त्यसपछि शाहिद प्रोजेक्टबाट अलग्गिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ८ : १२ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको