३ पुस २०८२, बिहिबार | December 19, 2025

‘रंग दे वसन्ती’का निर्देशकले ‘महाभारत’ सबन्धी फिल्म बनाउँदै



मुम्बई । फिल्म ‘विक्रम’का रोलेक्स भाई अर्थात तमिल स्टार सूर्या भारतीय फिलमका लागि आउँदो दिनमा एक ठूलो प्रोजेक्ट लिएर आउँदैछन् । पछिल्लो पटक उनको फिल्म ‘कंगुवा’को फस्ट लुक सार्वजनिक हुँदा फ्यान उत्साहित भएका थिए । यो फिल्म १० भाषामा बनिरहेको छ ।

सूर्या चाँडै नै ‘रंग दे वसन्ती’ र ‘दिल्ली ६’ जस्ता फिल्मका निर्देशक राकेश ओमप्रकाश मेहराको नयाँ प्रोजेक्टमा प्रमुख भूमिकामा देखिँदैछन् । मेहरा पछिल्ला दिनमा भारतको सबैभन्दा ठूलो महाकाव्यमध्येको एक ‘महाभारत’मा आधारित रहेर एक फिल्मको काम गरिरहेका छन् । यो फिल्मको कथा सूर्यपुत्रका रुपमा परिचित चरित्र कर्णमा आधारित हुनेछ । फिल्म दुई भागमा बन्नेछ ।

फिल्म सन् २०२४ सम्म फ्लोरमा जानेछ । फिल्ममा सूर्याले कर्णको भूमिका निभाउनेछन् । फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । निर्देशक अहिले प्री–प्रोडक्सनको काम गरिरहेका छन् ।

राकेश करिब अढाई घण्टाको फिल्म बनाउन चाहन्छन् । फिल्मको कथा अनुसार पात्र र समय बढी लाग्ने भएपछि उनले दुई भागमा फिल्म बनाउने निर्णय लिएका हुन् । गत वर्ष फिल्मका लागि राकेशले अभिनेता शाहिद कपूरलाई फाइनल गरेका थिए । जब फिल्म दुई भागमा निर्माण हुने भनियो, त्यसपछि शाहिद प्रोजेक्टबाट अलग्गिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ८ : १२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको