२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

आजको मौसम : देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव



काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकि भू-भागमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र  चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशको एक दुई स्थानमा लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ६ : २८ बजे

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार

नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौं । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल