२४ बैशाख २०८१, सोमबार | May 6, 2024

खडेरीले बाँकेबासी काकाकुल, हेण्डपम्पका पानी पनि सुक्न थाले



नेपालगन्ज । लगातारको चर्को गर्मीका कारण बाँकेमा खेतमा लगाईएका मकै, धानको बिउ खेतमै सुक्ने अवस्थामा पुगेको छ । अधिकांश स्थानमा पिउने पानी र धानको बिउमा लगाउने माध्यम बनेको हेण्डपम्पको पानी पनि सुक्न थालेपछि स्थानीबासी ठुलो समस्यामा परेका छन् । कहिलै नसुक्ने चुरे पर्वत आसपासका हेण्डपम्पले समेत पानी दिन छाडेको स्थानीबासीले बताएका छन् ।

बैजनाथ गाउँपालिका १ च्यामाका होटल ब्यवसायी दलबहादुर चन्दले यसअघि कहिल्यै नसुकेको हेण्डपम्प यसपटक सुकेर पानी नआएको बताए । उनले लामो खडेरीका कारण च्यामा र आसपासका हेण्डपम्पमा पानी आउन छाडेको बताए ।

बैजनाथ गाउँपालिका २ लढौराका गणेश सुनारले पनि हेण्डपम्प सुकेपछि पिउने पानीको समस्या भएको बताए । मोटर चलाउँदा पानी नआउने र हेण्डपम्पबाट थोपा–थोपा पानीमात्र आउने गरेको उनले बताए ।

हेण्डपम्पको भरमा राखिएको धानको वियाड सुक्न थालेपछि किसान चिन्तित भएका छन् । हेण्डपम्पले पानी दिन छाडेपछि धानको वियाड राखेको खेतको गरामा चिरा परेको बैजनाथ गाउँपालिका १ च्यामाका रामविलास थारुले बताए ।

राप्तीसोनारी गाउँपालिका ६ का हेण्डपम्प पनि सुक्न थालेको स्थानीय महादेव थारुले बताए । उनले हेण्डपम्प चलाउँदा चलाउँदै पानी आउन छाड्ने गरेको बताए ।

‘डिप बोरिङले समेत अघिल्लो वर्ष जस्तो पानी दिइरहेका छैनन् । गतवर्षको खडेरीबाट डराएका किसानहरु धानको वियाड राख्न डराइरहेका छन्,’ नरैनापुर गाउँपालिका वडा नं. ६ का हेण्डपम्प पनि सुक्न थालेको वडा अध्यक्ष प्रेमचन्द्र मौर्यले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : १३ बजे

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला