२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

खडेरीले बाँकेबासी काकाकुल, हेण्डपम्पका पानी पनि सुक्न थाले



नेपालगन्ज । लगातारको चर्को गर्मीका कारण बाँकेमा खेतमा लगाईएका मकै, धानको बिउ खेतमै सुक्ने अवस्थामा पुगेको छ । अधिकांश स्थानमा पिउने पानी र धानको बिउमा लगाउने माध्यम बनेको हेण्डपम्पको पानी पनि सुक्न थालेपछि स्थानीबासी ठुलो समस्यामा परेका छन् । कहिलै नसुक्ने चुरे पर्वत आसपासका हेण्डपम्पले समेत पानी दिन छाडेको स्थानीबासीले बताएका छन् ।

बैजनाथ गाउँपालिका १ च्यामाका होटल ब्यवसायी दलबहादुर चन्दले यसअघि कहिल्यै नसुकेको हेण्डपम्प यसपटक सुकेर पानी नआएको बताए । उनले लामो खडेरीका कारण च्यामा र आसपासका हेण्डपम्पमा पानी आउन छाडेको बताए ।

बैजनाथ गाउँपालिका २ लढौराका गणेश सुनारले पनि हेण्डपम्प सुकेपछि पिउने पानीको समस्या भएको बताए । मोटर चलाउँदा पानी नआउने र हेण्डपम्पबाट थोपा–थोपा पानीमात्र आउने गरेको उनले बताए ।

हेण्डपम्पको भरमा राखिएको धानको वियाड सुक्न थालेपछि किसान चिन्तित भएका छन् । हेण्डपम्पले पानी दिन छाडेपछि धानको वियाड राखेको खेतको गरामा चिरा परेको बैजनाथ गाउँपालिका १ च्यामाका रामविलास थारुले बताए ।

राप्तीसोनारी गाउँपालिका ६ का हेण्डपम्प पनि सुक्न थालेको स्थानीय महादेव थारुले बताए । उनले हेण्डपम्प चलाउँदा चलाउँदै पानी आउन छाड्ने गरेको बताए ।

‘डिप बोरिङले समेत अघिल्लो वर्ष जस्तो पानी दिइरहेका छैनन् । गतवर्षको खडेरीबाट डराएका किसानहरु धानको वियाड राख्न डराइरहेका छन्,’ नरैनापुर गाउँपालिका वडा नं. ६ का हेण्डपम्प पनि सुक्न थालेको वडा अध्यक्ष प्रेमचन्द्र मौर्यले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : १३ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख