१२ बैशाख २०८१, बुधबार | April 24, 2024

वरिपरिका जिल्लामा बाढी पहिरो आउँदा बाँकेमा खडेरीको संकेत, धानको बीउ खेतमै सुक्न थाल्यो



नेपालगन्ज । देशका अधिकांस स्थानमा अधिक वर्षका कारण बढी, पहिरो र डुबानको समस्या झेल्नु परेपनि बाँकेमा भने पानी नपरेका कारण बिहाडमै बिउ सुक्ने सम्भावना बढेर गएको छ । झण्डै १० दिन देखि पानी नपरेपछि बिहाडमा बीउ सुक्ने अवस्था आएको हो । जेठ महिनामा नै ठुलो वर्ष भएपछि समयमा धान रोप्न पाईने आशामा यसवर्ष छिटो धानको बीउ छरेका किसानहरुले असारको १३-१४ यता पानी नपरेपछि समस्यामा परेका छन् ।

बाँकेमा अधिकांस स्थानमा आकाशे पानीका भरमा धान रोप्न परम्परा जस्तै बनेको छ । खेतको छेउछाउमा रहेको पोखरीमा रहेको पानी पम्पसेट लगाएर धान रोप्ने गरिएपनि सबै स्थानमा पोखरी नभएको र यसरी धान रोप्दा धेरै महङ्गो पर्न जाने किसानहरुले बताउने गरेका छन् । पोखरीबाट पानी तान्दा प्रतिघण्टा झण्डै पाँचसय खर्च लाग्ने गर्दछ ।

जेठमा पानी परेको देखेर छिटो बिहाड हालेका बाँके खजुरा गाँउपालिका रनियापुरका जहाँगिरा थारुले पानी परेको देखेर बाँझो जोतेपनि पानी आउन छाडेपछि खेतमा धुलो उड्न थालेको बताउँछन् । पोहार परार साल खडेरी परेर साउनको अन्तिममा धान रोपिन्थ्यो, जहाँगिराले भने, ( यसपाली समयमा पानी प-यो भनेर छिटो बीउ हालियो फेरि खडेरी पर्ने भयो ।

बहप्रतिक्षित सिक्टा सिँचाईको नहर बाँकेको केहि स्थानमा पुगेपनि खेतसम्म पुग्न सकेको छैन । असार महिना सकिनै लाग्दा बाँकेमा ५० प्रतिशत हाराहारीमा धान रोपाँई भएको कृषि ज्ञान केन्द्र बाँकेले अनुमान गरेको छ ।

छिमेकी जिल्लाहरुमा वर्षाका कारण धनजनको क्षेति भएको समाचार आइरहँदा बाँकेका किसानहरु भने खेत बाँझो रहने चिन्तामा डुबेका छन् । अझै केही दिन पानी नपरे बिउ सुक्ने र खेत बाँझो रहने खतरा बढेको रनियापुर घिया गाँउका आशाराम चौधरीले बताए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ३ : ०७ बजे

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै

प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख

उज्यालो बन्दै बुटवल, नगरका अधिकांश चोकहरुमा धमाधम हाइमाष्ट लाईट जडान गरिँदै

बुटवल । सडक बत्तिको उचित प्रबन्ध नहुँदा अँध्यारो चोकहरुको फाइदा

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू