३ चैत्र २०८२, मंगलबार | March 17, 2026

जातिय भेदभावको विरूद्धको गीत ‘नेपाली हाम्रो जात’ सार्वजनिक



काठमाडौं । नेपालमा जातिय भेदभाव विरूद्ध धेरै गीतसंगीतहरू बन्ने गर्छन् । तर फरक मागसहित बनेको नयॉ गीत नेपाली हाम्रो जात सार्वजनिक गरिएको छ ।

डि.आर सुजन, हेमन्त कान्छा रसायली,राजु परियार, धर्म गन्धर्वको स्वर तथा डि.आर सुजनको शब्द रहेको गीतले जातिय विभेद अन्त्यको लागि अन्य गितभन्दा फरक विषयवस्तु उठाएको छ । गीतले जातिय कोटा खारेज गरेर गरिव कोटा लागु गर्न दवाव सिर्जना गरेको छ । जातिय कोटा लागु गर्दा क्षमता भन्दा कमजोर मानिस छनौट हुने भन्दै संविधानले समान मानवको सबै जातलाई फेरि दलित भन्दै कोटा दिएर असमान ब्यबहार गरेको भन्दै शब्दै खारेजिको माग गीतले गरेको छ।

जबसम्म दलित शब्दले तल्लो जाति भन्ने बुझाउँछ भने जातिय भेदभाव कहिलेपनि अन्य नहुने तर्क गीतमा उठाईएको छ । डि.आर सुजनको शब्द तथा संगीत रहेको गीतलाई महेन्द्र भण्डारीको संगीत रहेको छ भने राजेन्द्र बाजुराली/गोबिन्द पराजुली/सागर बाजुराली ले रेकर्ड गरेका छन् ।

गीत मिक्सिङ खडक बाजुराली ले गरेका छन् भने मालश्री स्टुडियोले तयार गरेको गीतको अडियो/भिडियो भने डि.आर सुजन फिल्म्स प्रा.ली.ले तयार गरेको छ । यस गीतको भिडियोतर्फ परिकल्पना/कथा/निर्देशन डि.आर सुजनको रहेको छ भने गीतको भिडियोमा डि.आर सुजन,बिनोद परियार (झुले)सुरबिर पन्डित,रामबाबु रेग्मी, लोकेन्द्र लेखक, तारा केसि,सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वोरी बराल,प्रिया पोख्रेल,आइपी आचार्य,अर्जुन कुवर, अर्जुन कार्की, सुशिला बिस्वोकर्मा, पुजा श्रेष्ठ, कल्पना मल्ल,सुश्मा खड्का, महेन्द्र शर्मा, बाल कलाकार, सुजित रेग्मी, शोहन थापा आदिले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई प्रोडक्सन म्यानेजर सुर्य ओल्के गरेका छन् भने मेकअप रोनिशा अधिकारी तथा छायांकन करन चैसिर ले गरेका छन् पोस्ट प्रोडक्सन डि.आर सुजन फिल्म्स गर्ने बनाईएको छ । करिव एक हप्तामा रिलिजको तयारी गरिएको गीतलाई जातिय विभाग विरूद्धको गीत भन्दा पनि समानताको गीत भन्न सकिने लेखक तथा संगीतकार डिआर सुजन बताउँछन् । गीत युटुवमा डि.आर सुजनबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १ : ४७ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर