१५ माघ २०८२, बिहिबार | January 29, 2026

जातिय भेदभावको विरूद्धको गीत ‘नेपाली हाम्रो जात’ सार्वजनिक



काठमाडौं । नेपालमा जातिय भेदभाव विरूद्ध धेरै गीतसंगीतहरू बन्ने गर्छन् । तर फरक मागसहित बनेको नयॉ गीत नेपाली हाम्रो जात सार्वजनिक गरिएको छ ।

डि.आर सुजन, हेमन्त कान्छा रसायली,राजु परियार, धर्म गन्धर्वको स्वर तथा डि.आर सुजनको शब्द रहेको गीतले जातिय विभेद अन्त्यको लागि अन्य गितभन्दा फरक विषयवस्तु उठाएको छ । गीतले जातिय कोटा खारेज गरेर गरिव कोटा लागु गर्न दवाव सिर्जना गरेको छ । जातिय कोटा लागु गर्दा क्षमता भन्दा कमजोर मानिस छनौट हुने भन्दै संविधानले समान मानवको सबै जातलाई फेरि दलित भन्दै कोटा दिएर असमान ब्यबहार गरेको भन्दै शब्दै खारेजिको माग गीतले गरेको छ।

जबसम्म दलित शब्दले तल्लो जाति भन्ने बुझाउँछ भने जातिय भेदभाव कहिलेपनि अन्य नहुने तर्क गीतमा उठाईएको छ । डि.आर सुजनको शब्द तथा संगीत रहेको गीतलाई महेन्द्र भण्डारीको संगीत रहेको छ भने राजेन्द्र बाजुराली/गोबिन्द पराजुली/सागर बाजुराली ले रेकर्ड गरेका छन् ।

गीत मिक्सिङ खडक बाजुराली ले गरेका छन् भने मालश्री स्टुडियोले तयार गरेको गीतको अडियो/भिडियो भने डि.आर सुजन फिल्म्स प्रा.ली.ले तयार गरेको छ । यस गीतको भिडियोतर्फ परिकल्पना/कथा/निर्देशन डि.आर सुजनको रहेको छ भने गीतको भिडियोमा डि.आर सुजन,बिनोद परियार (झुले)सुरबिर पन्डित,रामबाबु रेग्मी, लोकेन्द्र लेखक, तारा केसि,सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वोरी बराल,प्रिया पोख्रेल,आइपी आचार्य,अर्जुन कुवर, अर्जुन कार्की, सुशिला बिस्वोकर्मा, पुजा श्रेष्ठ, कल्पना मल्ल,सुश्मा खड्का, महेन्द्र शर्मा, बाल कलाकार, सुजित रेग्मी, शोहन थापा आदिले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई प्रोडक्सन म्यानेजर सुर्य ओल्के गरेका छन् भने मेकअप रोनिशा अधिकारी तथा छायांकन करन चैसिर ले गरेका छन् पोस्ट प्रोडक्सन डि.आर सुजन फिल्म्स गर्ने बनाईएको छ । करिव एक हप्तामा रिलिजको तयारी गरिएको गीतलाई जातिय विभाग विरूद्धको गीत भन्दा पनि समानताको गीत भन्न सकिने लेखक तथा संगीतकार डिआर सुजन बताउँछन् । गीत युटुवमा डि.आर सुजनबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १ : ४७ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय