१० पुस २०८२, बिहिबार | December 25, 2025

सङ्घीय शिक्षा विधेयक चाँडै पेस हुने आशा छ : सभामुख घिमिरे



काठमाडौं । प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले सरकारले सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि भृकृटीमण्डपमा सुरु भएको ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’को आज उद्घाटनमा सभामुख घिमिरेले शैक्षिक क्षेत्रमा चासो र प्रतीक्षा भएकाले उक्त विधेयक चालु अधिवेशनमै आउनेमा आशा व्यक्त गरेका हुन ।

उनले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयको खाँचो औँल्याए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य रञ्जु झा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ सुरु भएको मेला आगामी असार ३ गतेसम्म चल्नेछ । मेलामा ७५ शैक्षिक संस्थाका कक्ष रहने हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । मेलामा स्वदेशका गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा जानकारी र परामर्श दिइने मेलाका संयोजक टङ्कराज आचार्यले बताए ।

मेलामा विद्यालय तहका संस्था, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कक्ष छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ३ : १२ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न