१४ भदौ २०८३, आइतबार | August 30, 2026

दुरसञ्चार सेवालाई सस्तो र गुणस्तरीय बनाउन सरोकारवालाहरुको सुझाव



बुटवल । दुरसञ्चार सेवा बिस्तारसंगै आम नागरिकलाई यसबारे कानुनी ज्ञानको अभावमा सेवाप्रदायकबाटै उपभोक्ताहरु ठगिनु परेको बताइएको छ । यसैगरी उपभोक्ताबाट समेत दुरुपयोग चुनौति पनि उत्तिकै रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । नेपाल दुरसञ्चार प्राधिकरणले बुटवलमा बिहिबार आयोजना गरेको दुरसञ्चारसंग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाको वर्तमान अवस्थाबारे छलफलमा सहभागीहरुले सेवाप्रदायकहरुमाथि प्रश्न उठाएका थिए ।

उनीहरुले सेवालाई विशिष्टिकृत, सहज र गुणस्तरमा जोड दिनुपर्ने बताए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले कार्यक्रमको उद्घाटन गर्दै संस्थाको सेवालाई थप व्यवस्थित बनाउनका लागि दुरसञ्चारका कानुनलाई संशोधन गर्न जरूरी रहेको बताइन । हरेक भुगोलमा बसेकाहरुले बिलासिता भन्दा पनि आवश्यकताको वस्तुका रुपमा मोबाइल र ईन्टरनेटलाई लिने गरेको उनले दाबी गरिन ।

नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तले सेवा र कानुनका बारेमा बुझाउने र सुझाव संकलन गर्ने रुपमा कार्यक्रम गरिएको बताऐ । दुरसञ्चार कोष स्थापित गरि देशका विभिन्न क्षेत्रमा सेवा लग्न थालेको बताए । संविधानबाट सुनिश्चित गरेको अधिकारका रुपमा सुचना प्राप्त गर्ने रहेको भन्दै तार काट्नेभन्दा पनि ब्यवस्थापन महत्वपूर्ण रहेको बताए । दुरसञ्चार अर्को सरकारका रुपमा रहेको दाबी गर्दै कुनै बेला टु जिबाट आज फाईभ जि हुँदै सिक्स जि संचालनका कानुनहरु बनाउनेसम्मको काम गर्दै आएको उनले बताए । अहिलेको ग्राहक सचेत हुनुपर्ने आवश्कता रहेको भन्दै उनले प्राधिकरणबाट गुनासो आए सेवाप्रदायकलाई जरिवाना र कारवाही गर्नेसम्मको अधिकार रहेको बताए ।

उपभोक्ता हित संरक्षण मंच लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ता सचेतना जगाउने खालका कार्यक्रम नियमित र निरन्तर हुनुपर्ने बताए । एउटा उपभोक्ताको दृष्टिकोणबाट हेर्दा ठगिने अवस्था रहेको र एशियामै सबैभन्दा महगो हावाको शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले बताए । रेग्मी सप्लायर्सका बिपिन शर्माले प्राविधिक पक्षमा काम गर्ने पक्षलाई कानुनको ज्ञान जरुरी हुनुपर्ने भन्दै निरन्तर यस्ता अन्तरक्रियाहरु फलदायी हुने बताए । दुरसंचार ऐनमा साइवर एक्टिभिटीलाई कडाईकासाथ जोड दिएको बताए । ऐन संसोधनहरुको क्रममा फाईबर ब्यवस्थापन महत्वपूर्ण रहेको भन्दै उहाले कानुनले भनेजस्तो काम हुन नसकेको बताए । न्युन खर्चमा अण्डरग्राउण्ड ब्यवस्थापन गर्न सकिने सम्भावना रहेको भन्दै निर्माणको क्रममा संस्थाहरु बीच समन्वयको अभाव रहेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपि कंडेल, नेपाल बार एशोसियसन रुपन्देहीका अध्यक्ष शिवहरि अधिकारी, बुटवल उद्योग वाणिज्य संघका महासचिव बिमलराज भट्टराई, राष्टिय «उपभोक्ता मन्चका लुम्बिनी प्रदेश उपाध्यक्ष जमुना पोखरेल, रुद्र पोखरेल, घनश्याम रिजाल, केबल ब्यवसायी हरि पौडेलले उपभ‍ोक्ता र सेवाप्रदायक संस्थाबिच समन्वय अभाव रहेको भन्दै प्राधिकरण सहि ढंगबाट कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ३ : ०१ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति