१७ माघ २०८२, शनिबार | January 31, 2026

काठमाडौं महानगरले काठमाडौंमा हिन्दी चलचित्र चल्न नदिने



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । महानगर प्रमुख बालेनले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मामा मर्यादा पुरुषेत्तम रामकी पत्नी जानकी भारतीय छोरी भएको उल्लेख गरिएको भन्दै महानगर भित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने जनाएका छन् । बालेनले सच्याउनका लागि फिल्म निर्मातालाई ३ दिनको समय दिइएको समय दिएका छन् ।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’ बालेनले लेखेका छन्, ‘यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : ५६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले