६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिका विरूद्द एकजुट भएर लडने इरान र क्युबाबिच सहमति



हवाना । अमेरिकी साम्राज्यवादी नीति बिरूद्द एकजुट हुने इरान र क्युबाबिच सहमति भएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसी र क्युवाका राष्ट्रपति मिगुएल डियाज-क्यानेल बिच अमेरिका विरूद्द एक जुट भएर सामना गर्न सहमति भएको हो ।

अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेट वार्तामा दुवै देशका राष्ट«पतिका बिचमा सो सहमति भएको अन्तराष्टि«य सञ्चारमाध्यमले जनाएका छन् ।

सो भेटमा दुवै नेताले अमेरिकाको आलोचना गरेका छन् । क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति भएको जनाएका छन ।

वानामा आफ्ना समकक्षी इब्राहिम राईसीलाई होस्ट गर्दै राष्ट्रपति क्यानेलले भने कि ‘दुई देशहरूले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरूको उदासीनताको सामना गर्नु परेको छ ।’

अमेरिकाले दुवै देशहरू माथी धेरै प्रकारका प्रतिबन्ध मात्रै लगाएको छैन, उसले दुवै देशलाई आतंकवादलाई बढावा दिएको आरोप पनि लगाउँदै आएको छ ।

सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

इब्राहिम रायसीले एक व्यापारिक फोरममा भाग लिएका थिए, जहाँ उनले इरानले विज्ञान र प्रविधि, हाइड्रोइलेक्ट्रिक र थर्मोइलेक्ट्रिक प्लान्टहरू र खानीमा कम्युनिष्ट देश क्युबासँग काम गर्ने बताए ।

इरानी राष्ट्रपतिले सो अघि निकारागुआ र भेनेजुएलाको पनि भ्रमण गरेका थिए ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : ५५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ