१८ माघ २०८२, आइतबार | February 1, 2026

‘नसच्चिए भारतीय चलचित्र रोकौँ’ : महानगर प्रमुख बालेन्द्र शाह



काठमाडौं । काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले उक्त चलचित्र यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरेका छन् ।

उनले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने सङ्रक्षण तोकेको उल्लेख गर्दै सरकारले भारतसँग कूटनीतिक पहलमार्फत आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् । महानगरभित्र प्रदर्शनमा निषेध गरिए पनि देशकै अन्य क्षेत्र र विदेशमा प्रदर्शन भएमा त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको ठहर छ ।

बिहीबार साँझ मात्र महानगर प्रमुख शाहले समाजिक सञ्जालमार्फत विवादित अंश सच्याउन तीन दिनको समय दिएको र नसच्चिए महानगरभित्र भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ०० बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३