२३ भदौ २०८३, मंगलबार | September 8, 2026

‘नसच्चिए भारतीय चलचित्र रोकौँ’ : महानगर प्रमुख बालेन्द्र शाह



काठमाडौं । काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले उक्त चलचित्र यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरेका छन् ।

उनले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने सङ्रक्षण तोकेको उल्लेख गर्दै सरकारले भारतसँग कूटनीतिक पहलमार्फत आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् । महानगरभित्र प्रदर्शनमा निषेध गरिए पनि देशकै अन्य क्षेत्र र विदेशमा प्रदर्शन भएमा त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको ठहर छ ।

बिहीबार साँझ मात्र महानगर प्रमुख शाहले समाजिक सञ्जालमार्फत विवादित अंश सच्याउन तीन दिनको समय दिएको र नसच्चिए महानगरभित्र भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ०० बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको