२२ मंसिर २०८२, सोमबार | December 8, 2025

अत्याधिक गर्मीका कारण बुटवलमा एकजनाको मृत्यु, खुल्ला स्थानका काम कारवाही बन्द गर्न चिकित्सकको सल्लाह



बुटवल । अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि ‘हिट स्ट्रोक’ (अत्याधिक गर्मि) का कारण एकजनाको मृत्यु भएको हो ।

बुटवलको कालिका नगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ । ‘हिट स्ट्रोक’का कारण एकजनाको मृत्यु भएको चौराहा अस्पतालले पुष्टी गरेपनि अर्को व्यक्तिको स्वतन्त्र पुष्टी भएको छैन ।

ओखलढुंगा घर भएका ६० वर्षका खिम बहादुर मगरको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी बुटवलमा ज्याला मजदुरी गर्ने ब्यक्ति भएको बताइएको छ ।

मध्यान्हमा ‘लु’ चलिरहेको र तापक्रमको मात्रा पनि बढी भएकाले बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । चौराहा अस्पतालका बरिष्ठ चिकित्सक डा. केआई सिंहले बाहिरको काम बन्द गर्न आग्रह गरेका छन् ।

‘लु’ बाट बच्नका लागि दिउँसोको समयमा बाहिर ननिस्कने, बढी मात्रामा पानी पिउने, कागती पानी वा झोलिलो पदार्थको सेवन बढी गर्ने, बाहिर निस्कनै पर्ने भएमा शरिर छोपिनेगरि कपडा लगाउने गर्न आवश्यक रहेको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले बताए ।

उनले आउटडोरका ज्याला मजदुरीको काम बन्द गर्न सल्लाह दिएका छन् । दिउँसोको समयमा खुल्ला घाममा खेल गतिबिधि नगर्न र ट्राफिक प्रहरीलाई पनि छाँयामा बसेर ड्युटी गर्न डा. नन्दुले सल्लाह दिएका छन् । मानिसको ब्रेनमा गर्मी सहने एक ग्रन्थी रहने र बढी गर्मी भएपनि सो ग्रन्थीले काम गर्न छाड्दा ‘हिट स्ट्रोक’ हुन सक्ने उनले बताए । ग्रन्थीले काम नगर्दा जति गर्मी भएपनि पसिना नआउने, शरिर सुख्खा हुने, अत्याधिक ज्वरो आउने र मानिसको मृत्यु हुन सम्ने उनले बताए ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ३६ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द