८ चैत्र २०८२, आइतबार | March 23, 2026

अत्याधिक गर्मीका कारण बुटवलमा एकजनाको मृत्यु, खुल्ला स्थानका काम कारवाही बन्द गर्न चिकित्सकको सल्लाह



बुटवल । अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि ‘हिट स्ट्रोक’ (अत्याधिक गर्मि) का कारण एकजनाको मृत्यु भएको हो ।

बुटवलको कालिका नगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ । ‘हिट स्ट्रोक’का कारण एकजनाको मृत्यु भएको चौराहा अस्पतालले पुष्टी गरेपनि अर्को व्यक्तिको स्वतन्त्र पुष्टी भएको छैन ।

ओखलढुंगा घर भएका ६० वर्षका खिम बहादुर मगरको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी बुटवलमा ज्याला मजदुरी गर्ने ब्यक्ति भएको बताइएको छ ।

मध्यान्हमा ‘लु’ चलिरहेको र तापक्रमको मात्रा पनि बढी भएकाले बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । चौराहा अस्पतालका बरिष्ठ चिकित्सक डा. केआई सिंहले बाहिरको काम बन्द गर्न आग्रह गरेका छन् ।

‘लु’ बाट बच्नका लागि दिउँसोको समयमा बाहिर ननिस्कने, बढी मात्रामा पानी पिउने, कागती पानी वा झोलिलो पदार्थको सेवन बढी गर्ने, बाहिर निस्कनै पर्ने भएमा शरिर छोपिनेगरि कपडा लगाउने गर्न आवश्यक रहेको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले बताए ।

उनले आउटडोरका ज्याला मजदुरीको काम बन्द गर्न सल्लाह दिएका छन् । दिउँसोको समयमा खुल्ला घाममा खेल गतिबिधि नगर्न र ट्राफिक प्रहरीलाई पनि छाँयामा बसेर ड्युटी गर्न डा. नन्दुले सल्लाह दिएका छन् । मानिसको ब्रेनमा गर्मी सहने एक ग्रन्थी रहने र बढी गर्मी भएपनि सो ग्रन्थीले काम गर्न छाड्दा ‘हिट स्ट्रोक’ हुन सक्ने उनले बताए । ग्रन्थीले काम नगर्दा जति गर्मी भएपनि पसिना नआउने, शरिर सुख्खा हुने, अत्याधिक ज्वरो आउने र मानिसको मृत्यु हुन सम्ने उनले बताए ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ३६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय