१७ माघ २०८२, शनिबार | February 1, 2026

ललितपुरमा बिच सडकमा पल्टियो बस, १९ जना घाइते



ललितपुर । ललितपुरमा एका बिहानै बस दुर्घटना भएको छ । ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार बिहानै बिच सडकमा नै पल्टिन पुग्दा उक्त दुर्घटना भएको हो ।

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बसअनियन्त्रित भइ बिच सडकमा पल्टिएको हो। ग्वार्को निस्कन लागिरहेको अवस्थामा तिब्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिए पछि झण्डै २० मिटर जति घिस्रिन पुगेको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : १७ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले