७ माघ २०८२, बुधबार | January 21, 2026

नेपालमा पहिलो पटक भेटियो मंकीपक्सबाट ग्रसित बिरामी



काठमाडौं । नेपालमा पहिलो पटक मंकीपक्स भाइरसवाट ग्रसित महिला फेला परेकी छिन । केही दिनअघि  नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

उनमा मंकीपक्स भाइरसवाट हुने ‘एमपक्स’ पुष्टि भए पछि अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका अनुसार ६० वर्षीया एक जना महिलामा मकीपक्स पुष्टि भएको हो ।

मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

उक्त विदेशी महिलामा ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिए पछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन । उनी माथी देखा परेको लक्षण अनुसार संकलन गरिएको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो ।

मकीपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन, नेपालमा भने पहिलो पटक फेला परेको हो । गत बर्ष यसले महामारीकाे रूप लिएकाे थियाे ।

याे राेग मानिस देखी मानिससम्म वा जनावरवाट मानिसमा सर्ने गर्दछ । सन १९८० मा  बिफर उन्रमुलन भए लगतै याे नयाँ राेगका रूपमा देखा परेकाे  थियाे ।

 

 

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  २ : ४९ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत