१० पुस २०८२, बिहिबार | December 26, 2025

भोली देखी सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने



काठमाडौं । भोली देखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन  ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखी आन्दोलन गर्दै आईरहेको छ ।

आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो माग प्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरे पछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो ।

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ३ : १८ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र