२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेकाे खुलासा



अमेरिका । रुस–युक्रेन युद्ध एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ तर दुवै देश हार मान्न तयार छैनन् । यस्तो अवस्थामा अमेरिकालगायत धेरै देश युक्रेनको साथमा छन् । रुसप्रति आक्रोश व्यक्त गर्न अमेरिकाले जीवाश्मा इन्धन खरिद बन्द गरेको थियो । तर, यसैबीच, अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर (एक खर्ब ३० अर्ब)  बराबरको इन्धन खरिद गरिरहेको एउटा चकित पार्ने मिडिया रिपोर्ट आएको छ ।

आणविक उर्जामा अमेरिकाको परनिर्भरता पहिलेको भन्दा बढ्दै गएको तथ्यांकले देखाउँदै लगेको छ । किनभने अमेरिकामा कुनै पनि कम्पनीले युरेनियम उत्पादन गर्दैन । त्यसैले अमेरिका रुससँग सम्झौता गर्न बाध्य छ ।

वास्तवमा अमेरिकाले युरेनियमको प्रवर्द्धन र उत्पादन पूर्ण रूपमा रोकेको छ । यसतर्फ उसले कहिल्यै ध्यान नदिएको बताइएको छ । यसै कारण उसले रुससँग सम्झौता गर्नुपरेको हो । रुस र युक्रेनबीच युद्ध सुरु हुँदा अमेरिका र युरोपले धेरै प्रतिबन्धहरू लगाएका थिए । अमेरिकाले रुसबाट जीवाश्म इन्धन किन्न बन्द गर्ने निर्णय गरेको छ र यो निर्णयमा अडिग रहेको छ । तर, जब युरेनियमको कुरा आयो, अमेरिकाले रुससँग सम्झौता गर्नुपर्‍यो। यो सम्झौता नभएमा अमेरिका आफैं समस्यामा पर्ने बताइन्छ ।

विज्ञहरूका अनुसार अमेरिका र युरोपलाई युरेनियम उत्पादनमा आत्मनिर्भर बन्न एक वर्ष लाग्न सक्छ । विशेष कुरा के छ भने अमेरिका र युरोपेली देश मात्रै होइन, विश्वका करिब एक दर्जन देश आफ्ना आधाभन्दा बढी ऊर्जा कम्पनी सञ्चालनमा युरेनियमका लागि रुसमाथि निर्भर छन् । रूसी आणविक एजेन्सीले युक्रेनमा जापोरिझिया आणविक उर्जा प्लान्टको पनि कमाण्ड गर्दछ।

रोसाटमको सहायक कम्पनीहरूलाई युरेनियमको भुक्तानी गर्दछ । अमेरिकामा प्रयोग हुने युरेनियमको करिब एक तिहाइ अहिले विश्वकै सस्तो उत्पादक रुसबाट आयात गरिन्छ। बाँकी अधिकांश युरोपबाट आयात गरिन्छ। ओहायो प्लान्ट सञ्चालन गर्ने एक कम्पनीका अनुसार रोसाटमसँग प्रतिस्पर्धा गर्न अमेरिकालाइ एक दशकभन्दा बढी समय लाग्ने बताएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ९ : ३१ बजे

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा