१८ माघ २०८२, आइतबार | February 1, 2026

एनआरएनएको विवाद समाधान



काठमाडौं । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ । दशौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा आज सहमति भएको हो । दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमतिसमेत भएको एनआरएनएले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएका हुन् । एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समेत भूमिका खेलेका थिए । आइतबार दुबै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न असहज भएको उल्लेख गर्दै एक ठाउँमा आएकामा खुसी लागेको बताए । दुई समूहको विधानलाई परराष्ट्र मन्त्रालयबाट प्रमाणित गराई एउटै बनाउन उनले सुझाव दिए ।

विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन अध्यक्ष डा बद्री केसी र विनोद कुँवरले लामो समयदेखि वार्ता तथा संवादलाई जारी राखेको एनआरएनएले जारी विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनएका अभियन्ता जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । सहमतिअनुसार आगामी अक्टोबरमा ११औँ महाधिवेशन र निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १ : ५९ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३