२० भदौ २०८३, शनिबार | September 5, 2026

लोक तथा दोहोरी गीत प्रतिष्ठान विभाजित, बमबहादुर कार्की नेतृत्वमा अर्को संस्था गठन



बुटवल । नेपालको लोक दोहोरी क्षेत्रमा क्रियाशिल संस्था लोक तथा दोहोरी गीत प्रतिष्ठान विभाजित भएको छ । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल नामक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएसंगै प्रतिष्ठान औपचारिकरुपमा औपचारिक रुपमै विभाजन भएको हो ।

कार्कीको अध्यक्षतामा गठित नौ सदस्यीय तदर्थ कार्यसमिति सहित सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल नामक संस्था प्रशासनमा दर्ता भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, शिव आले, खड्क बुरा र केशरी घर्ती छन् । सो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने बताइएको छ ।

परिषदका अध्यक्ष बमबहादुर कार्कीले परिषदले लोकदोहोरीका सबै विधालाई समेटेर दोहोरी गीत सहित नेपाली मौलिक संस्कृतिको अध्ययन अनुसन्धान गर्ने तथा यस क्षेत्रमा लागेकाहरुको हकहित संरक्षण गर्ने उद्देश्य लिएको बताए । बरकुरासँग कुरा गर्दै अध्यक्ष कार्कीले लोक दोहोरी प्रतिष्ठान विभाजित भएको नभई अनुसन्धान गर्ने एउटा बृहद संस्था गठन भएको बताए । प्रतिष्ठान सहित संगित कर्मी संघ लगायतका संस्थासंग आफ्नो कुनै प्रतिस्पर्धा र सरोकार नभएको उनले बताए । परिषदको बिधामा दोहोरी एउटा पाटो मात्र भएको पनि उनले बताए । ७७ जिल्ला, ७ वटै प्रदेश, विदेश र काठमाडौंमै शाखा स्थापना गर्ने तयारी गरिएको अध्यक्ष कार्कीले बताए ।

यसअघि प्रतिष्ठानको पूर्वमहासचिव समेत रहेका गायक विष्णु खत्रीले यसअघि संस्थामा नरहेको घोषणा गरेका थिए । उक्त घोषणासँगै उनले आफू नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।

 

 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : १९ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी