२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

अविरल वर्षा र पहिरोका कारण सिक्किमका सयभन्दा बढी घरमा क्षति



गान्तोक । सिक्किममा भारी वर्षा र पहिरोका कारण मानिसहरू ठूलो समस्यामा परेका छन् । भारी वर्षाका कारण पश्चिम सिक्किम जिल्लामा पहिरोमा परी सयभन्दा बढी घरमा क्षति पुगेको छ । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन ।

साथै, अविरल वर्षाले राज्यका पूर्वाधार र सम्पत्तिमा व्यापक क्षति पुगेको छ । अविरल वर्षाका कारण धेरै नदीहरु खतराको निशान भन्दा माथि बगेका छन् ।

उत्तरपूर्वी भारतमा आगामी तीन दिनसम्म भारी वर्षा र हावाहुरीका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ । उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुईवटा पुल पूर्णरुपमा बगेको समाचारमा जनाइएको छ । यससँगै नजिकैका पोल्ट्री फार्महरू पनि बगेका छन् ।

त्यसैगरी, डेन्टमदेखि पेलिङ र ग्याल्सिङ जोड्ने सडक कालज खोलाले पूर्णरुपमा बगाएको छ । खोलाको पानीको बहाव बढेपछि एउटा कच्चा घर, एउटा सिमेन्टको भवन, दुईवटा श्मशानस्थल र एउटा भारी खन्ने मेसिन पनि बगेको छ ।

सोमबरियाको तल्लो ओखरेमा रहेको दावा सांगे शेर्पाको घर अविरल वर्षाका कारण भत्किएपछि त्यहाँ बस्ने सबैलाई सुरक्षित स्थानमा सारिएको छ । रामम नदीको पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको छ ।

लाचेन, लाचुङ र चुङ्थाङ उपत्यकामा शुक्रबार पनि भारी वर्षा भएको थियो । जसका कारण उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो पेगोङ सप्लाई खोलामा अवरुद्ध हुँदा यातायात अवरुद्ध भएको छ । उत्तर सिक्किममा पहिरो र सडक अवरुद्धका कारण करिब ३,५०० पर्यटक फसेका थिए, जसलाई सेनाले उद्धार गरेको थियो।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ३७ बजे

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा