२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

बस दुर्घटनामा हुदाँ पाकिस्तानमा १३ जनाको मृत्यु



इस्लामबाद । पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना इस्लामाबाद–लाहोर राजमार्गमा भएको हो। दुर्घटनामा ३२ जना घाइते भएका छन् । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ ।

पाकिस्तानको समाचार वेबसाइट ‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुदाँ त्यहाँ पानी परिरहेको थियो । तीव्र गतिमा गुडेको सो बसले अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ । ३२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले बस चालक र चालक विरुद्ध मुद्दा दर्ता गरेको छ ।

निजी कम्पनीको यो बसले दुर्घटना भएको रुटको इजाजत समेत नलिएएको केही सञ्चारमाध्यममा उल्लेख गरेका छन३ । यसबाहेक फिटनेस सर्टिफिकेट पनि थिएन। त्यसैले बसमा नै केही समस्या भएको अनुमान गरिएको छ ।

गत फागुनमा पनि सोही क्षेत्रमा ठूलो सडक दुर्घटना भएको थियो । त्यसपछि दुईवटा कार ठोक्किए र दुबै नजिकैको खाल्डोमा खसेका थिए । यस घटनामा १४ जनाको मृत्यु भएको थियो । उनीहरु सबै बिहे गरेर फर्केका थिए ।

प्रधानमन्त्री शाहबाज सरिफले आइतबार भएको सो दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ३१ बजे

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा ५१ लाखभन्दा बढी मतसहित अग्रस्थानमा

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत