७ पुस २०८२, सोमबार | December 22, 2025

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार



पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन् । पीडित रातिदेखि नै उद्धारको पर्खाइमा थिए ।

हेलिकोप्टरमा उद्धार गरिएकाहरुमा ६० वर्षीया नरमाया गुरूङ, १६ वर्षीय सन्दीप गुरूङ, नौ वर्षीया हिमा गुरूङ, ८० वर्षीय कृष्णबहादुर गुरूङ, ६० वर्षीया डिकमाया गुरूङ, ३५ वर्षीय काजुहाङ गुरूङ, ३० वर्षीया सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, ४४ वर्षीया मनकुमारी गुरूङ, १६ वर्षीया सुष्मा गुरूङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन् । उनीहरुलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ०९ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत