१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पाँचथरमा पहिरो अपडेट : १ जना मृत फेला, २ जना अझै बेपत्ता



पाँचथर । पाँचथरमा अविरल वर्षासँगै गएको पहिरोले पुर्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता भएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिहिदिनमा गएराती आएको पहिरोले घर र गोठ पुरिदा बेपत्ता भएको मध्ये ४२ वर्षीय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरि कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।

मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएको प्रहरिले बताएको छ । उनको बुहारी ३८ वर्षीया गोमा मगर र उनको १९ वर्षीय भतिजि एलिसा मगर बेपत्ता भएको प्रहरीले बताएको छ । बेपत्ताहरुको उद्धार कार्य जारी रहेको तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो । बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : १२ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१