१० भदौ २०८३, बुधबार | August 26, 2026

बंगलादेशी पर्यटकलाई निम्तो दिन होटल एसोसिएसनको टिम ढाका प्रस्थान



काठमाडौं। होटल एसोसिएसन अफ नेपाल (हान) को टोली बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । बंगलादेशका पर्यटकलाई नेपालमा निम्तो बाँड्नको लागि होटल एसोसिएसन अफ नेपालको टोली ढाका प्रस्थान गरेको हो ।

नेपालका पर्यटकीय स्थलहरूको जानकारी दिँदै घुम्न आउनका लागि त्यहाँका पर्यटनसँग सम्बन्धित संघसस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

हानका अध्यक्ष विनायक शाह र महासचिव साजन शाक्यको नेतृत्वमा गएको टिमले ढाका र कंक्सबजारमा सेल्स मिसनका कार्यक्रम आयोजना गर्नेछ । सो अवसरमा नेपाल आउँदा लाग्ने होटल प्याकेजको बारेमासमेत जानकारी दिइने छ ।

पाँच दिनका लागि ढाका प्रस्थान गरेका हान टिमको निर्वाचनपछि पहिलो सेल्स मिसन हो । ढाका प्रस्थान गरेका टिमलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका कोषाध्यक्ष युवराज श्रेष्ठले पछिल्लो समय बंगाली पर्यटकको रोजाई नेपाल परिरहेको बेला हानको यो सेल्स मिसनले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : २५ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ