६ पुस २०८२, आइतबार | December 21, 2025

टाइटनिक जहाज हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपता



काठमाडौं । टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएकाे  । साे जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेकाे छ ।

पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएकाे पनडुब्बी एट्लान्टिक महासागरमा हराएको तथा  बेपत्ता भएकाकाे खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए ।

बेपत्ता पनडुब्बीमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।

टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ । साे पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो । सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।

पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाजको देखाउनका लागि पर्यटकहरूवाट पठाउन थालिएकाे थियाे । जसमध्येकाे कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु  २ लाख ५० हजार युरो लिदैँ उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे । तर, साेमवार देखी साे जहाज बेपता छ ।

सो कम्पनीले एक विज्ञप्तिमार्फत पुष्टि गर्दै भनेकाे छ, ‘हराइरहेको पनडुब्बीको स्वामित्व हाम्राे कम्पनिसँग छ, साे पनडुब्बीमा मानिसहरु छन्, जसकाे खाेजी भइरहेकाे छ ।’

‘हामी चालक दललाई सुरक्षित रूपमा फिर्ता ल्याउन सबै विकल्पहरूको खोजी र परिचालन गरिरहेका छौं,’ साे कम्पनिले भनेकाे छ, ‘हाम्रो सम्पूर्ण फोकस पनडुब्बीमा चालक दलका सदस्यहरू र तिनीहरूका परिवारहरूमा छ ।’  सो कम्पनिले अगाडी भनेको छ, ‘हामी चालक दलका सदस्यहरूको सुरक्षित फिर्ताको दिशामा काम गरिरहेका छौं ।’

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : २५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ