९ श्रावण २०८३, शनिबार | July 26, 2026

टाइटनिक जहाज हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपता



काठमाडौं । टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएकाे  । साे जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेकाे छ ।

पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएकाे पनडुब्बी एट्लान्टिक महासागरमा हराएको तथा  बेपत्ता भएकाकाे खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए ।

बेपत्ता पनडुब्बीमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।

टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ । साे पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो । सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।

पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाजको देखाउनका लागि पर्यटकहरूवाट पठाउन थालिएकाे थियाे । जसमध्येकाे कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु  २ लाख ५० हजार युरो लिदैँ उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे । तर, साेमवार देखी साे जहाज बेपता छ ।

सो कम्पनीले एक विज्ञप्तिमार्फत पुष्टि गर्दै भनेकाे छ, ‘हराइरहेको पनडुब्बीको स्वामित्व हाम्राे कम्पनिसँग छ, साे पनडुब्बीमा मानिसहरु छन्, जसकाे खाेजी भइरहेकाे छ ।’

‘हामी चालक दललाई सुरक्षित रूपमा फिर्ता ल्याउन सबै विकल्पहरूको खोजी र परिचालन गरिरहेका छौं,’ साे कम्पनिले भनेकाे छ, ‘हाम्रो सम्पूर्ण फोकस पनडुब्बीमा चालक दलका सदस्यहरू र तिनीहरूका परिवारहरूमा छ ।’  सो कम्पनिले अगाडी भनेको छ, ‘हामी चालक दलका सदस्यहरूको सुरक्षित फिर्ताको दिशामा काम गरिरहेका छौं ।’

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : २५ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको