४ चैत्र २०८२, बुधबार | March 18, 2026

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी दुर्घटना



धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार डडेल्धुराबाट बझाङ चैनपुर आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि मन्त्री सिंह सहित ५ जना घाइते भएका छन् । दुर्घटनामा परि मन्त्री सिहंकि श्रीमती अम्रिता देवी सिंह,चालक धर्मराज जोशी, सुरक्षा गार्ड डम्बर भण्डारी र मन्त्री सिंहकी आफन्त जानकी देवी सिंह घाईते भएका छन ।

मन्त्री सिंह बेहोस छन् भने उहाँकी श्रीमतीको कान बाट रगत बगीरहेको प्रहरीले बताएको छ ।
भाईतेहरुको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते ४ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  २ : ५८ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा