९ श्रावण २०८३, शनिबार | July 26, 2026

होन्डुरसको महिला कारागारमा दंगा, जलेरसहित ४१ कैदीको मृत्यु



तेगुसीगाल्पा । होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दंगामा कम्तीमा ४१ महिलाको मृत्यु भएको छ । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा कैदी जलेर मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन ।

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरू बीचको सुरु भएको हिंसाको कारण कम्तिमा ४१ महिला कैदी बन्दीको को मृत्यु भएको हो, जसमध्ये धेरैलाई जलाएर मारिएको छ ।

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराले पनि भने कि अधिकांश सो हिंसात्मक भिडन्तको क्रममा बन्दीहरुलाई जलाईएको थियो । तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू छन् ।

मिडिया रिपोर्टका अनुसार कम्तिमा सात जना महिला कैदीको गोली र छुरा प्रहारको आरोपमा टेगुसिगाल्पा अस्पतालमा उपचार भइरहेको छ । देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन् । जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो । कारागारमा रहेका संगठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताए ।

उनले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताए । साथै कैदीहरूले प्रायः आफ्नै नियमहरू सेट गर्छन् र निषेधित सामानहरू बेच्छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३७ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको