२३ भदौ २०८३, मंगलबार | September 8, 2026

‘परस्त्री’मा अत्याधिक चुम्बन र बेड सिन, सेन्सर बोर्डले दिएन प्रदर्शन अनुमति



काठमाडौं । नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ । चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।

आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।

मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैची लगाएका हुन । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन् । सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलमा पर्ने देखिएको छ ।

बिबाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो ।

सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार