५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बिहिबार बुटवलमा लुम्बिनी प्रदेश स्तरिय एकल लोक गीत प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ हुँदै



बुटवल । अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर बिहिबार बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरिय एकल लोक गीत प्रतियोगिताको फाइनलको तयारी पुरा भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशले प्रदेशको १२ वटै जिल्लाबाट छनौट गर्दै अन्तिम प्रतिस्पर्धा गराउने गरि बुटवलमा आयोजना गर्ने प्रतियोगिताको तयारी पुरा भएको प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

आज बुटवलमा प्रत्रकार सम्मेलन गर्दै प्रतियोगिताको फाइनल सहित संस्थागत प्रशिक्षण कार्यक्रमको तयारी पनि पूरा भएको प्रतिष्ठानले जनाएको छ । तेस्रो संस्करणको प्रतियोगिताको तयारी पूरा भएको प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरले बताए ।

‘हाम्रो चाहना, लोकसंस्कृतिको जर्गेना’ नारासहित स्थापना भएको संस्थाले तेस्रो संस्कारणको फिनाले गर्न लागेको हो । यसको लागि चैतबाट विभिन्न चरणमा रहेर प्रदेशका १२ वर्ट जिल्लाबाट कलाकार छनौट भएर फिनालेमा आईपुगेको उनले बताए । पहिलो र दोस्रो संस्करण कोभिड संक्रमणको समयमा अनलाईन मार्फत जिल्लास्तरीय प्रतियोगिता गरिएको पनि उनले स्मरण गरे ।

अध्यक्ष मगरका अनुसार १२ जिल्लाका १ हजार बढि सहभागीबाट छनौट भएर फिनालेमा २३ जना कलाकार प्रतिस्पर्धा गर्ने छन । लुकेको प्रतिभा प्रस्फुटन गराउने लक्ष्यसहित कार्यक्रम गरिएको उनले दाबी गरे ।

उपाधि विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयासहित, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले नगद ३१ हजार १ सय ५१ रुपैया, तृतियले नगद २१ हजार रुपैया तथा सान्त्वनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

विजेताहरुले नेपालका चर्चित संगितकार खेम सेन्चुरीको नयाँ गीतमा आवाज दिन अवसर प्रदान गरिने पनि उनले बताए । प्रतियोगिताको निर्णायकमा पूर्व अध्यक्ष अम्मर बिरही गुरुङ सहित पाँचजना रहेका छन् ।

सोही अवसरमा अध्यक्ष मगरले प्रतियोगिताकै समारोहमा लुम्बिनी कलाकार हित कोषको घोषणा गरिने जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले मोफसलबाट निरन्तर लोकदोहरी हाम्रो संस्कार, संस्कृति जगेर्ना हुने गरि रचनात्मक कार्यक्रम हुदै आएको बताए । प्रदेशका १२ जिल्लाबाट प्रतिनिधि ल्याएर संस्थागत विकासका कार्यक्रम गरिदा धेरै फाईदा मिल्ने उनको बताए ।

प्रतिष्ठानका केन्द्रिय सचिव दिपक गर्बुजा, केन्द्रिय सदस्य डिल्ली नारायण पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाललगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

प्रतियोगिता सम्पन्न भए लगत्तै ८ गते देखि प्रदेशका अगुवा कलाकारहरुका लागि आन्तरिक प्रशिक्षण हुने जनाइएको छ । जहाँ प्रदेशका १ सय भन्दा बढी कलाकार सहभागी हुनेछन् । दइवटा कार्यक्रमका लागि करीब १० लाख खर्च अनुमान गरिएको संयोजक नारायण बिपी परियारले बताए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : ०६ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान