५ श्रावण २०८३, मंगलबार | July 21, 2026

तेस्रो एकल लोक गीत प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा पोख्रेललाई



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले प्राप्त गरेकी छन् । प्रदेशका १२ जिल्लाबाट सहभागी २२ जना कलाकारलाई पछि पार्दै विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना फाइनलिष्ट प्रतिस्पर्धीलाई पछि पार्दै पोख्रेलले उपाधि हात पारेकी हुन् । उनले उपाधिसँगै ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार जितिन् ।

बिहिबार सम्मपन्न ग्राण्ड फिनालेमा बाँकेका चन्द्रबहादुर बिश्वकर्मा द्वितीय हुँदै ३१ हजार १११ रुपैयाँ नगद राशीबाट पुरस्कृत भए भने तृतीय हुन सफल रुपन्देहीका मधु परियारले २१ हजार १११ नगद पुरुसकार पाइन् । सात्त्वना स्थान हासिल गरेका रोल्पाका प्रगती विष्ट क्षेत्रीले ५ हजार १११ रुपैयाँ नगद राशी हात पारेकी छन् । उपाधि विजेता ४ जनाले चर्चीत संगतीकार खेम सेन्चुरीको एल्बममा गीन गाउन तथा अभिनयका लागि अवसर पाउने छन् ।

प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले शुभकामना तथा बधाईसहित पुरस्कार र प्रमाणपत्र वितरण गरिन् ।

सो अवसरमा बोल्दै उनले लुकेका प्रतिभाको प्रतिभा प्रष्फुटनका लागि यस्तो प्रतियोगिता कोशेढुंगा सावित हुने अध्यक्ष थापाले बताइन । उनले गाउँगाउँबाट लुकेका प्रतिभाहरु कार्यक्रम मार्फत समाजमा आउने भन्दै अवसरको खोजीमा रहेको युवा प्रतिभाहरुलाई प्लटफर्मका रुपमा कार्यक्रम भएको बताईन ।

त्यस अघि प्रतियोगिताको राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले आफै गीत गाएर उदघाटन गरेकी थिइन् ।

यसैगरी प्रतिष्ठानले विश्व संगीतको दिवसमा लुम्बिनीमा कलाकार हित कोष स्थापना गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष थापा मगरले हितकोषको ब्यानर खोलेर उद्घाटन गरिन् । लुम्बिनी प्रदेश अन्तरगत रहेर कलाकारिताका क्षेत्रमा काम गर्नेहरुको सामाजिक सुरक्षा तथा उनीहरुको हितका लागि कोषको स्थापना गरिएको प्रतिष्ठान लुम्बिनी अध्यक्ष दिपु मगरले बताए ।

आफ्नो कार्यकालमा हितकोषलाई कम्तिमा १० लाख पुर्याउने लक्ष्य रहेको उनले बताए । यसैगरी प्रतिष्ठानको भवन निर्माणलाई समेत पूर्णता दिने उनले उल्लेख गरे । विभिन्न सामाजिक संघ–संस्था तथा लोक दोहोरी क्षेत्रमा लागेका व्यक्तिहरुबाट सहयोग संकलन गरी हित कोष स्थापना गरिएको उनले बताए ।

प्रतियोगितमा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा परेका प्रतियोगी कलाकारहरु समावेश भएका छन् । प्रतियोगिता शुभारम्भ कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ्ग, पुर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा, केन्द्रीय उपाध्यक्ष सुवास विसी, सचिव दिपक गरौजा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक नारायण विपी परियारका अनुसार १२ जिल्लाका १ हजार बढि सहभागीबाट छनौट भएर फाईनल प्रतिष्पर्धामा २३ जना कलाकारले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खेम बहादुर हमाल, सल्लाहकार खेम सेन्चुरी, केन्द्रीय सहसचिव सीता राना, केन्द्रीय कार्यसमिति सदस्य डिल्लिनारायण पाण्डे, प्रदेश सल्लाहकार प्रचण्ड जिसी , केन्द्रस्य सदस्य प्रेम शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ४२ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत