२० भदौ २०८३, शनिबार | September 5, 2026

सकियो बागेश्वरी आईडल, गायनमा कुशल र नृत्यमा आरोही बने बागेश्वरी आईडल



बुटवल । बागेश्वरी कला तथा संगित एकेडेमीले आयोजना गरेको बागेश्वरी आईडल प्रतियोगिता सम्पन्न भएको छ । विश्व संगीत दिवसको अवसर पारेर एकेडेमीले आयोजना गरेको बागेश्वरी आईडलको गायन विधा तर्फ कुशल आचार्य र नृत्य विधा तर्फ आरोही काउचा च्याम्पियन भएका छन् ।

बुधवार बुटवलमा सम्पन्न बागेश्वरी आईडलको फाईनलमा गायन विधामा १० जना र नृत्य विधामा १९ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै कुशल र आरोही विजेता बनेका हुन् । प्रतियोगितामा गायन विधामा फष्ट रनरअप आभास काफ्ले, सेकेण्ड रनअप सुरज खाती भए भने नृत्य विधामा फष्ट रनरअप रमेश मगर र सेकेन्ड रनरअपको उपाधि विश्वास थापाले प्राप्त गरे ।

प्रतियोगिताको समापनका अवसरमा आयोजित कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ तथा बागेश्वरी संगीतालयका अध्यक्ष तथा सञ्चालक लालिमा श्रेष्ठले विजेता, उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै पूमन्त्री श्रेष्ठले देशकै नाम चिनाउने कलाकार जन्माउन नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

संगीतालयकी अध्यक्ष लालीमा श्रेष्ठले कोभिड संक्रमणसंगै कठिनाई भोगेको संस्था बिस्तारै लयमा गएको बताईन् ।

बागेश्वरी आईडलको गायन विधामा ५९ जनाबाट ११ जना अन्तीम चरणमा प्रवेश गरेका थिए भने नृत्य विधामा ३४ जना सहभागीबाट २० जना अन्तिम छनौट चरणमा पुगेका थिए ।

आईडलको गायन विधा तर्फ किशोर बिक र प्रेम नेपालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने नृत्य विधा तर्फ कृष्ण विसी र हिमाल थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ०३ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी