९ श्रावण २०८३, शनिबार | July 26, 2026

बाइडेनले सी चिनपिङलाई ‘तानाशाह’ भनेकोमा न्युजिल्याण्डका प्रधानमन्त्री असहमत



सिड्नी । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले चिनियाँ राष्ट्रपति तानाशाह नभएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी जिनपिङ तानाशाह भन्दै गरेको टिप्पणी प्रति उनले असहमति प्रकट गरेका हुन ।

‘चीनको सरकारको रूप चिनियाँ जनताको लागि कुरा हो, यो उनीहरुको खुसीका कुरा हो,’ हिपकिन्सले पत्रकारहरूसँग भने ।

चिनियाँ जनताले पनि आफनो सरकार तानाशाह हो भनेर भनिरहेका छन नि भन्ने प्रश्नको जवाफ दिदै उनले भने, ‘यदि उनीहरू आफ्नो शासन प्रणाली परिवर्तन गर्न चाहन्छन् भने त्यो उनीहरूको कुरा हो ।’

हिपकिन्सले जुन २५ देखि ३० सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ, जसमा न्युजिल्यान्डका केही ठूला कम्पनीहरू समावेश रहेको व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछ।

सो क्रममा चिनिया राष्ट्रपति सीसहित प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट गर्नेछन्।

बाइडेनले राष्ट्रपति सी जिनपिङलाई ‘तानाशाह’ भनेर उल्लेख गरेपछि चीनले बुधबार जवाफी प्रहार गरेको छ । ‘अमेरिकी राष्ट्रपतिको भनार्इै बेतुक र उत्तेजक छ, यसले दुवै पक्षलाई द्धन्द्धमा लैजाने छ, यो डरलाग्दो पनि छ भनि प्रतिक्रिया दिईसकेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १० : १३ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको