१६ बैशाख २०८१, आइतबार | April 28, 2024

गर्मी छल्ने थलो बन्दै सन्धिखर्कको नरपानी (फोटो फिचर)



अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन । यहाँ भारतबाट समेत पर्यटक आउने गरेका छन् ।

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख वनभोजस्थलको रुपमा विकसित हुँदै गएको छ । गर्मीको समय आजभोलि पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । सन्धिखर्क–६ नरपानीका पूर्ववडाध्यक्ष कृष्णबहादुर आचार्य कोरोना महामारीका कारण केही समय आवत जावत बन्द भए पनि फेरि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढिरहेको बताउँछन् ।

“यहाँ दिनहुँ गर्मी छल्न आउने क्रम बढ्दो छ”, उनले भने– “दैनिकरुपमा ३० देखि ७० वटा समूहको यहाँ आवत जावत रहन्छ ।” शनिबार भने तेब्बर बढी पर्यटक नरपानी पुग्ने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा आउन सकिन्छ । गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका छन् ।

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठी लिएर नरपानीमा वनभोज खाने गर्दछन् । यहाँ वरिपरि हरियाली छ । बीचमा समथर भूभाग छ । भविष्यमा यस क्षेत्रले थप फड्को मार्ने अध्यक्ष आचार्यको विश्वास छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाक्कल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ ।

दैनिक झण्डै तीन हजार व्यक्तिले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए । मासिकरुपमा लाखौँ भेटी उठने गर्छ । सन्धिखर्क–७ खाँचीकोटस्थित सुपा देउराली मन्दिरमा उठेको भेटीबाट दुई विद्यालय सञ्चालनका साथै विकास निर्माणका काम भइरहेका छन् ।

मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क–७ स्थित आदर्श माध्यमिक विद्यालय खाँचीकोट, शीतगङ्गा नगरपालिकाको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयमा गरी १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ । मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा रु ७० हजार, शीतगङ्गा–२ को शान्ति आधारभूत विद्यालयमा रु ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा रु २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा रु ११ हजार छ सय खर्च हुने गरेको सुपादेउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।

भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उनले जानकारी दिए । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार÷चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरको भेटीबाट निजी स्रोतका शिक्षक राखेर विद्यालयको पठनपाठनमा सहयोग पुगेको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए ।

सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट पर्याप्त आम्दानी लिन सकिन्छ । सुपाको पूर्व रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्नसके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने थापाले बताउनुभयो । सुपा देउराली पर्यटकीय गन्तव्य बनिसकेको छ । सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १० : १८ बजे

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको