१६ भदौ २०८३, मंगलबार | September 1, 2026

आज नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुदैँ



पोखरा । आज नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुदैँछ । दक्षिण एसिया मै पहिलो पटक पोखराको फेवातालमा आज उदघाटन हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभल दुई दिनसम्म चल्नेछ । सो फेस्टिबल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्न लागेको हो ।

पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको बिमानवाट पोखरा आएका चिनियाँ खेलाडीहरुले आफनो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेको छ ।

आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ ।

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गईरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रुपमा रहेका छन् ।

सो प्रतियोगितामा पहिलो हुने टोलीले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : २९ बजे

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र