२३ चैत्र २०८२, सोमबार | April 6, 2026

‘आदिपुरुष’ बाहेक अन्य हिन्दी चलचित्र प्रदर्शन गर्ने नेपाल चलचित्र संघको निर्णय



काठमाडौं । नेपाल चलचित्र संघले सर्वोच्च अदालतको आदेशसँगै ‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ ।

उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शनमा बाधा नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यस्तै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले बताएको छ ।

केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

मेयर बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिका लगायतका केही स्थानीय निकायले पनि हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : २९ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।