३ पुस २०८२, बिहिबार | December 18, 2025

‘आदिपुरुष’ बाहेक अन्य हिन्दी चलचित्र प्रदर्शन गर्ने नेपाल चलचित्र संघको निर्णय



काठमाडौं । नेपाल चलचित्र संघले सर्वोच्च अदालतको आदेशसँगै ‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ ।

उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शनमा बाधा नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यस्तै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले बताएको छ ।

केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

मेयर बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिका लगायतका केही स्थानीय निकायले पनि हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : २९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका