४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

दुई करोड ३३ लाख बजार मूल्यको अवैध लागुऔषधसहित १० जना पक्राउ



काठमाडौं । प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लागुऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिक डेभिड मिनाडो, मार्टिन शेर्ना, पवल वेष्र्ट रहेका छन् । उनीहरूमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : ४१ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको