२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु



काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ । बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो ।

महोत्सवका निर्देशक युवाकार राजकर्णिरले अमेरिकी निर्देशक न्यन्सीको निर्देशनमा बनेको ‘पासाङ, इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुने जानकारी दिए । “महोत्सवले नेपाली संस्कृति र कलालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन मद्दत गर्नेमा विश्वस्त छौँ”, उनले भने ।

महोत्सवमा सहभागी अभिनेता राजेश हमालले महोत्सवमा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्दै गतिविधिले विशेष महत्त्व राख्ने बताए ।

“यस्ता महोत्सवले नेपाली समुदायलाई जोड्ने काम गर्छ । त्यसकारण यस्ता गतिविधि उद्देश्यअनुरूप भएमा हामीलाई फाइदा छ”, अभिनेता हमालले भने । यही असार १० गते (जुन २५) सम्म चल्ने चलचित्र महोत्सवमा फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी एघार देशका ३७ चलचित्र प्रदर्शन हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ५३ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।