१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु



काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ । बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो ।

महोत्सवका निर्देशक युवाकार राजकर्णिरले अमेरिकी निर्देशक न्यन्सीको निर्देशनमा बनेको ‘पासाङ, इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुने जानकारी दिए । “महोत्सवले नेपाली संस्कृति र कलालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन मद्दत गर्नेमा विश्वस्त छौँ”, उनले भने ।

महोत्सवमा सहभागी अभिनेता राजेश हमालले महोत्सवमा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्दै गतिविधिले विशेष महत्त्व राख्ने बताए ।

“यस्ता महोत्सवले नेपाली समुदायलाई जोड्ने काम गर्छ । त्यसकारण यस्ता गतिविधि उद्देश्यअनुरूप भएमा हामीलाई फाइदा छ”, अभिनेता हमालले भने । यही असार १० गते (जुन २५) सम्म चल्ने चलचित्र महोत्सवमा फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी एघार देशका ३७ चलचित्र प्रदर्शन हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ५३ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको