१० पुस २०८२, बिहिबार | December 26, 2025

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आज केन्द्रीय समितिको बैठक बस्दैँछ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विद्यान अधिवेशनमा प्रस्तुत हुने विधान मस्यौदालाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो ।

बैठकले केन्द्रीय समितिबाट मस्यौदा विद्यान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । भोलिको बैठकमा केन्द्रीय समितिका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला समिति, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन ।

यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।

विधान अधिवेशनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ०२ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र