५ श्रावण २०८३, मंगलबार | July 22, 2026

साटियो अपरिवर्तित देशहरूको रकम, लुम्बिनी विकासको कोषको खातामा ५४ लाख बढी जम्मा



बुटवल । लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रकम सटही भएर कोषको खातामा आइपुगेको छ । दानकारुपमा चढाइएका अपरिवर्तित देशहरूको झण्डै एक करोड नेपाली बराबरको मुद्रा मध्य रु ५४ लाख २९ हजार सात सय ३१ सटही भएर कोषको खातामा आइपुगेको हो ।

एक करोड बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही गर्न पठाइएकोमा रु ५४ लाख २९ हजार सात सय ३१ सटही भएर कोषको खातामा आइपुगेको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । कोषाध्यक्ष भट्टराई सहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो ।

लुम्बिनी विकास कोष र राष्ट्र बैंकबीच भएको सम्झौताअनुसार गत चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो । कोषले मुचुल्का उठाएर श्रीलङ्का, म्यानमार, भियतनाम, कम्बोडिया, बङ्गलादेशसहितका देशको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सिआइएमबी बैंक सिङ्गापुर पठाएकोमा पहिलो चरणमा ५४ लाख बढी रकम आईपुगेको भट्टराईले बताए ।

गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उनले लुम्बिनीमा विदेशी नागरिकले पवित्र भावनाले प्रदान गरेको दान रकम नसाटिएर कागज बराबर भएकोमा पटक–पटकको प्रयासपछि रकम सटही भएर आएको बताए । कतिपय मुलुकमा आर्थिक मन्दीका प्रभावका कारण तत्काल सटही हुन नसकेको उनले बताए । दानपेटीमा जम्मा भएको रकमको गणना गर्दा एक करोड बढी रकम फेलापरेपनि वर्षौ देखि भण्डारण गरिएका कारण झुत्रो भएर ८५ लाख बढी बराबरको रकम मात्र सटहीका लागि राष्ट्रबैंक पठाईएको पनि उनले बताए ।

नेपाल राष्ट्र बैंकको परिवर्त्यय विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकामा सिङ्गापुरस्थित सिआइबी बैंकबाट राष्ट्र बैंकको खातामा आएको र राष्ट्र बैंकले शुक्रबार कोषको खातामा जम्मा गरिदिएको भट्टराईले बताए ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ५८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं