१७ श्रावण २०८३, आइतबार | August 2, 2026

पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमलाई



पोखरा । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले चुमेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि चुमेको हो ।

२ वटौ बिधाको प्रतियोगिताको उपाधि चुमेको सिचुवान ड्रागन बोट टिमले ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ ।

प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो बन्न सफल भएको छ भने चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ ।

२ सय र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएको नेपाली टिमले ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ । तेस्रो भएको युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।

प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

८ वटा ड्रागन बोट पोखरालाई हस्तान्तरण

ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा फाइबरका डुंगा (नौका) चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । केरुङ नाका हुँदै पोखरा ल्याइएको काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा चीन सरकारले पोखरा महानगरलाई हस्तान्तरण गरेको हो ।

चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सव यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो । ‘डान्बु जी’ भनेर पनि चिनिने ड्रागन बोट फेस्टिबल चीनमा महत्वपूर्ण महोत्सवका रुपमा लिन्छन् । चाइनिज क्यालेन्डर ‘लुनार’अनुसार पाँचौं महिनामा यसलाई चीनमा भव्य रुपमा मनाउने गरिएको छ ।

नेपालमा पहिलो पटक महोत्सव मनाउन चीनबाटै खेलाडीसहित विभिन्न प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार बुधबार चिनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजबाट बुधबार बिहान पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : ०० बजे

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा