६ पुस २०८२, आइतबार | December 21, 2025

बौद्ध विश्वविद्यालय, चिनिया एजुकेसन र व्याब्सनबीच अन्तरक्रिया



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय, चीनको सान्सी इन्टरनेशनल चाइनिज एजुकेशन रिसर्च एसोसिएसन र प्याब्सनबीच अन्तरक्रिया सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत सञ्चालित चिनिया भाषासहितका शैक्षिक कार्यक्रमका विषयहरुमा शनिबार लुम्बिनी बौद्ध विश्वविद्यालयमा अन्तरक्रिया भएको हो ।

सोे अवसरमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टर डा. तिलकराम आचार्यले विश्वविद्यालयले चीनका विभिन्न विश्वविद्यालयसंग सहकार्य सम्झौता साझेदारीमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । विश्वविद्यालयमा सञ्चालित बिटिटिएम कार्यक्रम चीनका विश्वविद्यालयसंग दुई प्लस टु अन्तर्गत पठनपाठन गर्ने सहमति भई विद्यार्थीहरु चीन पढ्न जाने तयारीमा रहेको उनले बताए ।

विश्वबजारमा चिनिया भाषाको महत्व र आवश्यकता बढ्दै गएको भन्दै उनले विश्वविद्यालयले चिनिया पठनपाठनलाई अगाडी बढाइरहेको बताए । चीनमा रहेका १५ करोड बौद्धमार्गीलाई लुम्बिनी ल्याई पर्यटन विकासका लागि चिनिया भाषा जानेको जनशक्ति आवश्यकता देखिएको उनले बताए । नेपालको हाइडे क्षेत्र, पर्यटन र शिक्षा क्षेत्रमा चिनिया भाषाका दक्ष जनशक्तिको आवश्यकता देखिएको उनले बताए ।

बौद्ध विश्वविद्यालयमा चिनिया भाषा सम्बद्ध शैक्षिक कार्यक्रम सञ्चालनसंगै चिनिया भाषा परीक्षा सेन्टर स्थापनाका विषयमा समेत अन्र्तक्रियामा छलफल भएको छ । सो अवसरमा बोल्दै चीनको सान्सी इन्टरनेशनल चाइनिज एजुकेशन रिसर्च एसोसिएसनका अध्यक्ष प्राध्यापक ड्युन जिङजुङले बोल्दै चिनिया भाषा अध्यापनमा सहकार्य गर्न सकिने बताए । चीन सरकारले प्रदान गर्ने छात्रवृत्ति प्राप्तीका लागि पनि नेपाली विद्यार्थीले चिनिया भाषा सिक्न जरुरी रहेको भन्दै भाषा शिक्षणमा सहकार्य गरेर अघि बढ्न सकिने उनले बताए । नेपालको विद्यालयतहबाटै चिनिया भाषा अध्ययन गर्नका लागि शिक्षकहरु पठाउन सकिने उनले बताए ।

चीनको सान्सी इन्टरनेशनल चाइनिज एजुकेशन रिसर्च एसोसिएसनका सेक्रेटरी चाङले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनका लागि पनि चिनिया भाषा महत्वपूर्ण रहेको उनले बताए । चीनले सहकार्यमा रहेर शिक्षाका क्षेत्रमा काम गर्न सक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै प्याब्सन नेपालका सचिवालय सदस्य लेखनाथ पौड्यालले नेपालका विद्यार्थीहरु चीनमा पढ्न जान चाहे पनि प्रक्रिया बुझ्न नसक्दा अलमलमा परेको बताए । नेपालको शिक्षा विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान गरेको जनाउदै उनले प्याब्सन रुपन्देहीको विषयमा जानकारी समेत गराएका थिए ।

चिनिया भाषा सेन्टरमार्फत विद्यालय तहमा चिनिया भाषा कक्षा सञ्चालन भएमा सहकार्य गर्न सकिने भन्दै उनले त्यसअघि शिक्षाको सर्टिफिकेटका विषयमा ठोस निर्णय हुनुपर्ने बताएका थिए । सो अवसरमा चिनिया प्रतिनिधिले विश्वका अन्य मुलुकमा भएजस्तै एचएसके तहको चिनिया भाषा परीक्षाको व्यवस्था हुने जानकारी गराए ।

त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्यि सम्बन्ध केन्द्रका संयोजक डा. कुमार खड्काले शैक्षिक कार्यक्रम तथा भाषा शिक्षणका विषयमा विश्वविद्यालयले चीनका विश्वविद्यालयसंग सहकार्य हुन लागेको बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयमा टभल एण्ड टुरिजम विषय अध्ययनरत विद्यार्थीहरुले चीनको युनान विश्वविद्यालयमा इन्टर्नसिपका लागि जान लागेको भन्दै अन्य छात्रवृत्तिका अवसरमा पनि विद्यार्थीहरुलाई सहजीकरण गर्न सकिने बताए ।

कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीसहित प्याब्सनका संघ, प्रदेश र जिल्ला पदाधिकारी, प्याब्सन आवद्ध विद्यालयहरुका प्रिन्सिपल तथा विश्वविद्यालयका विभिन्न अधिकारीहरुहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : २८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ