३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु



दाङ । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं। ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङ लागेको थियो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : ५४ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार